Shikhar Insurance
National Life

बैंकर र व्यवसायी छुट्याउने बाफियाको १% व्यवस्थाले लगानी निरुत्साहित हुन्छ: महासंघ अध्यक्ष ढकाल

सिंहदरबार संवाददाता
२०८१ भाद्र ५, बुधबार १२:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बैंकर र व्यवसायी छुट्याउने बाफियाको नयाँ व्यवस्था प्रति असन्तुष्टि व्यक्त गरेका छन् । राजधानीमा आयोजित स्टार्ट अप नेशन २०३० कार्यक्रमलाई सम्बोधन गर्दै महासंघ अध्यक्ष ढकालले बैंकर र व्यवसायी छुट्याउने नाममा अघि सारिएको बाफिया संसोधनको नयाँ व्यवस्थाले लगानी निरुत्साहित हुने र आर्थिक वृद्धिदरमै प्रभाव पर्ने बताएका हुन् ।

‘बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐनको प्रस्तावमा एक प्रतिशतभन्दा बढि सेयर हुनेले कुनै पनि संस्थाबाट ऋण लिन नपाउने व्यवस्था गरेको छ । यस्तो हुने हो भने लगानी लिन चाहनेको संख्या निक्कै कम हुनेछ । जसले आर्थिक वृद्धिमै असर पर्नेछ ।’, महासंघ अध्यक्ष ढकालले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ढकाल नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्षका साथै सबै भन्दा धेरै चुक्ता पुँजी भएको ग्लोबल आइएमई बैंकका पनि अध्यक्ष छन् । बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन(बाफिया) संसोधनका क्रममा अहिले अघि सारिएको व्यवस्था कार्यान्वयन गर्ने हो भने ढकालसहित सैयौं व्यवसायीले बैंक वा व्यवसायमध्ये एक क्षेत्रको लगानी झिक्नुपर्ने हुन्छ ।

कुनै पनि बैंक तथा वित्तिय संस्थामा एक प्रतिशत भन्दा बढी लगानी गर्नेले बैंक तथा वित्तिय संस्थाहरुबाट ऋण लिनै नपाउने व्यवस्था बाफिया संसोधन प्रस्तावमा अघि सारिएको छ ।

महासंघ अध्यक्ष ढकालले उद्यमशीलता बिकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न नहुनेमा पनि जोड दिए । उनले निजी क्षेत्रमाथि अख्तियार लगााउने कानुन ल्याए अर्थतन्त्रमा थप समस्या आउने दावी पनि गरे । ‘संसदमा बिचाराधीन, भ्रष्टाचार निवारण ऐन र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अख्तियारले निजी क्षेत्र हेर्ने बिषयलाई हामीले गरेको मागलाई सकारात्मक रुपमा लिनुभएको छ । नीजि क्षेत्र हेर्ने डेढ दर्जन निकाय रहेको सन्दर्भमा थप नियामक थप्न नहुने बिषय म यहाँ पनि जोडदार रुपमा उठाउन चाहन्छु ।’ अध्यक्ष ढकालले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्