Shikhar Insurance
National Life

सर्वसाधारणका लागि छिट्टै धरहरा चढ्ने वातावरण बन्छ : विकासमन्त्री सिंह

सिंहदरबार संवाददाता
२०८१ भाद्र ५, बुधबार १२:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकारले आम सर्वसाधारणका लागि धरहरा खुला गर्ने भएको छ । बुधबार सिंहदरबारस्थित मन्त्रालयमा पूर्वाधार पत्रकारहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले धरहराको सबै काम नसकिए पनि चढ्न चाहनेहरुका लागि आवश्यक बन्दोबस्त मिलाएर केही समयपछि नै खुला गर्ने जानकारी दिए । उनले संसदकै पहिलो र दोस्रो ठूलो राजनीतिक दलहरु मिलेर सरकार बनेकाले नयाँ सहरहरुलाई पनि सुरक्षित र व्यवस्थित गर्दै लैजाने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपप्रधानमन्त्री सिंहले नयाँ संसद भवन आफू मन्त्री भएर आउँदा नै ८२ प्रतिशत काम सकिसकेको र अहिले काम जारी रहेकाले समयसीमाभित्रै काम सकेर सञ्चालन गर्ने तयारी रहेको बताए ।

उनले काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि पनि आवश्यक छलफल भइरहेको जानकारी दिए । राजधानीलाई सुधार गर्नुपर्छ भन्नेमा आफू सहमत रहेको र त्यसको लागि काम सुरुगरिसकेको बताए । उनले सरकारले अहिले नीति निर्माणमा नै बढी जोड दिइरहेको बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्