काठमाडौं । सेयरबजार कारोबार बढ्न थालेसँगै सरकारलाई प्राप्त हुने राजस्वमा समेत वृद्धि हुन थालेको छ । लामो समयदेखि सुस्त रहेको सेयर बजार चलायमान हुदाँ राजस्व संकलनको क्रम पनि बढेको हो ।
आन्तरिक राजस्व विभागको तथ्यांक अनुसार चालु वर्षको साउन महिनामा आयकर शिर्षकमा १५ अर्ब ३१ करोड राजस्व संकलन भएको छ । यो रकम अघिलो वर्ष २०७८०/०८१ साउन महिनाको भन्दा १५.४१ प्रतिशतले बढि हो ।
पछिल्लो समय गतवर्षको तुलनमा चालु वर्ष राजस्व वृद्धिदर घट्दै गएको अवस्था छ । करका अन्य शिर्षकहरुमा उल्लेख्य प्रगति नदेखिदा आयरकमा भने प्रगति देखिएको हो । २०८० साउनमा आयकर शिर्षकमा १३ अर्ब २६ करोड राजस्व संकल भएको थियो । पोहोर साल भन्दा यो वर्ष २ अर्ब ६ करोड रुपैयाँ बढी कर असुल भएको हो । आयकर बढ्नुमा प्रत्यक्ष रुपमा सेयर बजारको प्रभाव रहेको छ ।
अर्थमन्त्रीको जिम्मेवारी असार ३० गतेदेखि विष्णुप्रसाद पौडेलले लिएपछि सेयर बजार लगातार बढिरहेको छ, भने कारोबार रकममा पनि बढोत्तरी भैरहेको छ । अहिले सेयर बजार ३ हजार विन्दुमा पुगिसकेको छ भने कारोबार रकम पनि ३० अर्ब हाराहारीमा पुगिसकेको छ ।
सरकारले अहिले ३६५ दिन भन्दा कम कारोबारमा ७.५ प्रतिशत कर लगाउदै आएको छ । यस्तै ३६५ दिन पछिको कारोबारमा ५ प्रतिशत कर लाग्दै आएको छ । यद्यपी आन्तरिक राजस्व विभागले साउन महिनामा २० अर्ब ४७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । विभागले लक्ष्यको ७४.७९ प्रतिशत मात्रै राजस्व संकलन गरेको हो ।
घट्दो ब्याजदरले ब्याजकर संकलनमा भने ऋणात्मक देखिएको छ । साउन महिनामा १० अर्ब २५ करोड ब्याज संकलन गर्ने लक्ष्य लिएको सरकारले ६ अर्ब ७० करोड मात्रै ब्याजकर संकलन गरेको हो । बढ्दो तरलता प्रवाहको कारण वाणिज्य बैंकहरुले ब्याजदर घटाइरहेका छन् । वाणिज्य बैंकहरुले ब्यादर घटाउँदा ब्याजकर संकलनमा पनि गिरावट आएको हो ।
मूल्य अभिवृद्धि कर (भ्याट) संकलनमा गतवर्ष भन्दा ११.८७ प्रतिशतले बढोत्तरी भएको छ । साउन महिनाभर १२ अर्ब ८४ करोड भ्याट संकलन भएको छ । १६ अर्ब ३२ करोड भ्याट संकलनको लक्ष्यमा थोरै मात्रै राजस्व संकलन भएको हो ।
यसैगरी, आन्तरिक अन्तशुल्क कर लक्ष्भन्दा बढी संकलन भएको छ । यद्यपी मन्त्रालयले यो वर्ष अन्तशुल्क संकलनमा लक्ष्य नै कम राखेको छ । गतवर्ष साउन महिनामा १० अर्ब ६१ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा यो वर्ष ७ अर्ब ९७ करोड लक्ष्य लिएको छ । जसमा लक्ष्यभन्दा धेरै ८ अर्ब २० करोड राजस्व संकलन भएको हो । अघिल्लो वर्षको तुलनामा भने ६.३१ प्रतिशत मात्रै बढि हो । साउन महिनामा स्वास्थ्य सेवा शुल्कमा ५१ करोड संकलन हुदाँ, शिक्षा सेवा शुल्क करोड ९१ लाख संकलन भएको छ ।
प्रतिक्रिया दिनुहोस्