Shikhar Insurance
National Life

बेलायतमा सुरुभयो सङ्क्रमणको तेस्रो लहर, दुई महिना एताको पछि सबैभन्दा धेरै सङ्क्रमित भेटिए

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २३, आईतवार १२:२२
Hyundai
NCELL
NIMB

एजेन्सी । बेलायतमा दुई महिना यता सबैभन्दा धेरै कोरोनाका सङ्क्रमित भेटिएका छन् । यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बेलायतमा शुक्रबार दुई महिना यताकै धेरै सङ्क्रमित भेटिएका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शुक्रबार यहाँ ६ हजार २३८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । यो संख्या बेलायतमा करिब दुई महिना यताकै धेरै हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४५ लाखभन्दा बढी सङ्क्रमित भेटिएका पाइएको छ । यहाँ कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २७ हजार जनाको ज्यान गएको पनि पाइएको छ ।

अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्