Shikhar Insurance
National Life

धितोपत्र बोर्डको सञ्चालकमा उपाध्यक्ष फिर्ता गरेर महानिर्देशक पठाउने निर्णय

सिंहदरबार संवाददाता
२०८१ भाद्र ४, मंगलवार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घले धितोपत्र बोर्डको सञ्चालक समिति सदस्यमा महानिर्देशक गोकर्ण अवस्थीलाई सिफारिस गरेको छ।

यस अघिसम्म बोर्डमा उपाध्यक्षहरुमध्येबाट एक जनालाई सञ्चालक बनाउने अभ्यास थियो । हालसम्म महासंघ जिल्ला नगर तर्फका उपाध्यक्ष सुरकृष्ण वैद्यले बोर्ड सञ्चालक समितिमा प्रतिनिधित्व गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

धितोपत्र बोर्ड पूँजी बजारको नियामक संस्था हो । बोर्डमा महासङ्घको प्रतिनिधि सञ्चालक समिति सदस्य रहने कानुनी व्यवस्था छ ।

अवस्थी विगत साढे ३ वर्षदेखि नेपाल उद्योग वाणिज्य महासंघमा महानिर्देशकको रूपमा कार्यरत छन् । अवस्थीले वाणिज्य शास्त्रमा स्नातकोत्तर गरेका छन् भने काठमाडौं विश्वविद्यालयबाट राजनीतिक अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन् । उनले भारतीय जनसञ्चार संस्थानबाट विकास पत्रकारितामा डिप्लोमा गरेका छन् ।

महासंघमा कार्यभार सम्हाल्नु अघि अवस्थी नेपाल स्थित संयुक्त राष्ट्र संघ कार्यालयमा दिगो विकास लक्ष्य सल्लाहकारको रूपमा कार्यरत थिए ।

त्यसअघि करिब दुई दशक पत्रकारिता गरेका अवस्थी एक दशक भन्दा बढी समय कान्तिपुर दैनिकमा आर्थिक सम्पादक थिए । उनी नेपाल आर्थिक पत्रकार समाजका पूर्व अध्यक्ष पनि हुन । अवस्थीले नेपाल व्यवस्थापन संघले प्रदान गर्ने प्रतिष्ठित सम्मान मनेजर अफ द ऐयर २०२३ प्राप्त गरेका छ्न् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्