Shikhar Insurance
National Life

खेलकुदमा लगानी बढाउन आवश्यक छ : मन्त्री चौधरी

सिंहदरबार संवाददाता
२०८१ भाद्र ४, मंगलवार १०:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुदमा लगानी बढाउन आवश्यक रहेको बताएका छन् । सोमबार साँझ नेपाल प्रिमियर लिग (एनपीएल) को लोगो सार्वजनिक कार्यक्रममा बोल्दै उहाँले खेलकुदमा पर्याप्त लगानी हुन नसकेको बताएका हुन् ।

उनले खेलाडीलाई अवसर, सेवा सुविधा र पूर्वाधार बढाइदिनु राज्यको दायित्व भएको बताए । उनले क्रिकेट नेपालका पहिचान भएको जानकारी गरे । उनले क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा आफ्नो छाप छोडिसकेको उल्लेख गरे । उनले नेपालमा क्रिकेट रंगशालाको अभाव हुँदाहुँदै खेलाडीको मेहनत, नेपाल क्रिकेट संघको संघर्ष र खेलप्रेमीको मायाले खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जगतमा परिचित भएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले खेलाडीहरुलाई पर्याप्त सुविधा र भौतिक पूर्वाधार दिन नसकेको स्वीकार गरे । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चाँडो भन्दा चाँडो तयार हुने पनि बताए ।

नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले नेपाली क्रिकेट अहिले स्थिरताकासाथ अघि बढिरहेको बताए । उनले नयाँ कार्यसमिति आए लगत्तै नेपाल प्रिमियर लिगको सोच बनाएको बताए । नेपाली क्रिकेट र नेपाली खेलकुदलाई सबैको माया चाहिएको जानकारी गरे । खेललाई प्रोफेसनल बनाउन सबैले खेलकुदलाई साथ दिनुपर्ने बताए ।

सचिव खड्काले नेपाली क्रिकेट आज ब्राण्डको रुपमा प्रश्तुत भएको जिकिर गरे । नेपाल प्रिमियर लिगले अझ माथि पुर्‍याउने बताए । एनपीएल आगामी मंसिर १५ गतेदेखि हुन लागेको क्यानले जनाएको छ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्