काठमाडौं । साताको तेस्रो दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन ३ सय रुपैयाँले घटेको सुनको मूल्य मंगलबार १ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ५२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ८ सय २० रुपैयाँमा किनबेच भएरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ८ सय १० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्