Shikhar Insurance
National Life

बीमा प्राधिकरणका सञ्चालक कपिलदेव ओलीको पदावधी सकियो

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३, सोमबार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय बीमा समितिको सञ्चालक समिति सदस्यमा कपिलदेव ओलीको पदावधी हिजो(आइतबार)बाट सकिएको छ ।

दुई कार्यकाल बीमा प्राधिकरणको सञ्चालक समितिको सदस्यको भुमिका निर्वाह गरेका ओलीको दोस्रो कार्यकाल अन्तर्गतको अन्तिम दिन आइतबार सञ्चालक समितिको बैठक राखेरै विदाई गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०७२ चैत २ गते पहिलो कार्यकालका लागि तत्कालिन बीमा समितिमा विज्ञ सञ्चालकका रुपमा अधिवक्ता समेत रहेका ओली नियुक्त भएका थिए । २०७७ साल भदौं ३ गतेदेखि दोस्रो कार्यकालको लागि बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त भएका थिए । भदौं ४ गतेदेखि दोस्रो कार्यकालको कार्यभार सम्हालेका ओलीको विदाई गरिएको हो ।

बीमा प्राधिकरणमा आयोजित कार्यक्रमका बीचमा अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक ओलीको विदाई गरेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्