Shikhar Insurance
National Life

कानूनका छिद्र हेरेर समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य हुँदैन: मन्त्री खड्का

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३, सोमबार ११:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले कानूनका छिद्र हेरेर दु:ख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्‍याउने काम क्षम्य नहुने बताएका छन् ।

आईतबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको दिगो आर्थिक विकासका लागि नीतिगत सुधार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले राजश्व चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिन जरुरी रहेको बताए । अहिले दुई ठूला राजनीतिक दल मिलेकाले निजी क्षेत्रका समस्याहरु समाधान गर्ने र मुलकमा समृद्धि कायम हुनसक्ने बताए । उनले अहिले देश विकासका लागि ठूलो अवसर रहेको भन्दै यसलाई पूर्ण रुपमा सदुपयोग गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले जलश्रोत विधेयक फिर्ता लिन माग गरिएको भन्दै अब विधेयक फिर्ता लिने भन्दा पनि आवश्यक नीतिगत सुधार गरेर पास गर्ने बताए ।उनले भने, ‘अहिले सन्दर्भमा अर्थ मिलेको छ । मुलुकका दुई वटा ठूला दलहरु समेत रहेर सरकार निर्माण भएको छ । मलाई लाग्छ सांसदहरुको पनि यस्ता विषयहरुमा पार्टीगत धारणा छैन । विधेयकहरु समितिमा विभिन्न फोरममा छलफलमा छन् । यसमा आवश्यक, चाहिँदो नीतिगत सुधार गरेर चाँडो पास गर्नुपर्छ । फिर्ता लिँदा के हुँदो रहेछ भने अर्को एक दुई वर्ष नहुने रहेछ । कानूनका छिद्र हेरेर दु:ख दिने, खेद्ने र समृद्धिलाई टाढा पुर्‍याउने काम हुन सक्दैन । चुहावट, ठगी, नोक्शानी हुनेकुरामा ध्यान दिनुपर्छ । त्यो नोक्शानी तपाईंहरुलाई पनि हो, मुलुकलाई पनि हो ।’

मन्त्री खड्काले निजी क्षेत्रको सहयोग बिना मुलुकको समृद्धि सम्भव नरहेको बताए । उनले सरकारले नीतिको सुधार गर्ने र व्यवसायीहरुले आफ्ना कमजोरी हटाएर मुलुक निर्माणमा लाग्नुपर्ने बताए । उनले सरकारले खोलैपिच्छेका निजी कम्पनी दर्ता गरेको तर वर्षौंदेखि अलपत्र रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्