Shikhar Insurance
National Life

सानिमा बैंककाे १ लाख बढी कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र ३, सोमबार ११:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले सेयरधनीको नाममा रहेको १ लाख १५ हजार ३८० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय ४५ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशन भएको ३५ दिनभित्र आवश्यक कागजात संकलन गरी बैंकको केन्द्रीय कार्यालय, नारायणचौर नक्साल, काठमाडौंमा आफुले खरिद गर्ने सेयर संख्या खुलाई निवेदन गर्नुपर्ने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तोकिएको उक्त म्याद भित्र विद्यमान संस्थापक सेयरधनीहरूबाट सेयर खरिदको कुनै पनि आवेदन नपरेको खण्डमा अन्य व्यक्ति/संस्थामा सेयर बिक्री प्रकृया अगाडि बढाउँने बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्