Shikhar Insurance
National Life

‘राष्ट्रघाती’ भन्दै नयाँ बानेश्वरमा जल्यो महतोको पुत्ला, पक्राउ परेका नेताहरू ३ घन्टापछि रिहा

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार २१:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय अखण्डताविरूद्ध बोल्ने उपप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता उपेन्द्र महतोको पुत्ला जलाइएको छ । उपप्रधान तथा सहरी विकास मन्त्री नियुक्त भएलगत्तै नेपाललाई बहुराष्ट्रिय राज्य बनाइनुपर्ने धारणा राखेका महत्तोको पुत्ला नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल निकट अनेरास्ववियुले जलाएको हो ।

भारतीय दलाल र मधेस बेचुवा भन्दै उनीहरूले नयाँ बानेश्वरमा महतोको पुत्ला दहन गरेको हो । सो क्रममा अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली, महासचिव आरती लामासहित विद्यार्थी नेताहरू पक्राउ परे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

महतोले दिएको विवादित टिप्पणीको विरोधमा प्रदर्शन गर्नेमा अध्यक्ष र महासचिवसमेत सचिवहरु महेश श्रेष्ठ, अशोक थापा, मेघनाथ चापागाईं, टपेन्द्र जंग शाही तथा विद्यार्थी नेताहरू अमर पुन, हर्क बम, लक्ष्मी क्षेत्री, आकाश खनाललगायत थिए ।

उनीहरुलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लबमा ३ घन्टाभन्दा बढी राखेर अहिले रिहा गरिएको छ । नेताहरू पराजुली र श्रेष्ठ घाइते भएका छन् ।

शनिबार मन्त्री पदको पदभार ग्रहणका क्रममा महतोले संविधान विरोधी अभिव्यक्ति दिएका थिए । उनले ‘बहुल राष्ट्रिय राज्यको स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी’गर्ने बताएका थिए । महतोको उक्त अभिव्यक्तिको आलोचना भइरहेको छ ।

अनेरास्ववियुका नेताहरूले महतोलाई ‘राष्ट्रघाती’ भनेका छन् ।

तस्बिर सौजन्यः पहिलोपोस्ट

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्