Shikhar Insurance
National Life

१ वर्षमा भित्रियो साढे १४ खर्ब रेमिट्यान्स, ४ लाख ६० हजारले लिए अन्तिम श्रम स्वीकृति

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार १५:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । गत आव साढे १४ खर्ब बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंले सार्वजनिक गरेको वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

आर्थिक वर्ष २०८०/८१ मा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भई १४ खर्ब ४५ अर्ब ३२ करोड पुगेको छ । अघिल्लो वर्ष विप्रेषण आप्रवाह २३.२ प्रतिशतले बढेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले वृद्धि भई १० अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४ लाख ६० हजार १०३ र पुन: श्रम स्वीकृति लिनेको संख्या २ लाख ८१ हजार १९९ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४ लाख ९७ हजार ७०४ र २ लाख ७७ हजार २७२ रहेको थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर १४.७ प्रतिशतले वृद्धि भई १५ खर्ब ७१ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर २२।५ प्रतिशतले बढेको थियो ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्