Shikhar Insurance
National Life

विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर, १३ महिनाको आयात धान्ने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार १४:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको देशको वर्तमान आर्थिक स्थिति तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।

आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिल्लो वर्ष आयात १६.१ प्रतिशतले र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २ खर्ब ८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ । विस्तृत मुद्राप्रदाय १३.० प्रतिशतले बढेको छ ।

बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ । २०८१ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुमा रहेको कुल निक्षेप ६४ खर्ब ५२ अर्बर निजी क्षेत्रमा प्रवाहित कर्जा ५० खर्ब ७४ अर्ब पुगेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्