काठमाडौं । भूमी व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा कारोबारको तथ्यांक सार्वजनिक गरेको छ । तथ्यांक अनुसार घरजग्गा कारोबारको ग्राफ देशभरी नै आरोलो लाग्न थालेको छ । गत महिनाको तुलनामा यो महिना घरजग्गा कारोबार घट्दै गएको हो
देशभरका मालपोत कार्यालयहरुले साउन महिनाभरीमा ४३ हजार ८ सय ३५ वटा जग्गाको लिखत पारित गरेको छ । मालपोत कार्यालयहरुले अघिल्लो महिना (असार)मा जम्मा ४६ हजार १ सय ७९ वटा जग्गाको लिखत पारित गरेको थियो । २०८१ असार महिनाको तुलनामा जग्गाको लिखत पारित गर्ने संख्या घट्दै गएको हो ।
साउन महिनामा सबैभन्दा धेरै लिखत पारित गर्नेको पहिलो नम्बरमा इनरुवा, सुनसरी रहेको छ । इनरुवाले साउन महिनाभरीमा १ हजार ९ सय २ वटा जग्गा लिखत पारित गरेको छ । त्यसैगरी, दोस्रो स्थानमा राजविराज, सप्तरी रहेको छ । साउनमा मालपोत कार्यालय राजविराजबाट १ हजार ६ सय ८ वटा लिखत पारित भएको छ ।
त्यस्तै, बेलवारी, मोरङबाट १ हजार ५ सय २०, भद्रपुर, झापाबाट १ हजार ४ सय ६५, जनकपुरधाम धनुषाबाट १ हजार २१५, मलंगवा, सर्लाहीबाट १ हजार २९ वटा लिखत पारित भएका छन् । त्यस्तै, धनगढी, कैलालीबाट ९ सय ७०, सिराहबाट ९ सय ६२, कलैया, बाराबाट ९ सय ५५ र जलेश्वर, महोत्तरीबाट ९ सय ४७ वटा लिखत पारित भएको छ । एक महिनाको अवधिभित्र विभिन्न मालपोत कार्यालयहरुमा लिखत पारित हुने संख्या घट्दै गएको भूमि सुधार तथा मालपोत कार्यालयको तथ्यांकमा उल्लेख छ ।
गत महिना(असार)मा इनरुवा, सुनसरीले २ हजार १ वटा जग्गा लिखत पारित गरेको थियो । तुलनात्मक रुपमा गत महिनाभन्दा यो महिना सुनसरीमा लिखत पारित गर्नेको संख्या ९९ ले घटेको छ ।
त्यसैगरी, सप्तरीबाट १ हजार ३ सय ८ वटा लिखत पारित भएको थियो । त्यस्तै, मोरङबाट १ हजार ३८३, झापाबाट १ हजार ५७९, धनुषाबाट १ हजार ८ सय १, सर्लाहीबाट १ हजार ६० वटा लिखत पारित भएको थियो । त्यस्तै, सिराहामा १ हजार ८५, बारामा १ हजार १ सय २५ र महोत्तरीमा १ हजार ६६ वटा लिखत पारित भएको तथ्यांकले देखाएको छ ।
त्यसैगरी, साउन महिनाभरीमा सबैभन्दा धेरै मालपोत कार्यालय ललितपुरले राजस्व उठाउन सफल भएको छ । ललितपुर कार्यालयले सेवा कर, रजिष्ट्रेशन दस्तुर, डोर सुविधा, पूँजीगत लाभ कर, विलम्ब शुल्क गरी जम्मा ३७ करोड ९७ लाख ८ हजार ९ सय ८१ रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले अघिल्लो महिना असारमा ५० करोड ६९ लाख ५१ हजार ८ रुपैयाँ राजस्व संकलन गरेको थियो ।
साउन महिनामा सबैभन्दा धेरै राजस्व संकलन गर्नेमा दोस्रो स्थानमा डिल्लीबजार, काठमाडौं रहेको छ । डिल्लीबजारले ३१ करोड ९२ लाख ९३ हजार ८ सय ३६ रुपैयाँ राजस्व उठाएको छ भने अघिल्लो महिना ४४ करोड २ लाख ५४ हजार ६६६ रुपैयाँ राजस्व उठाएको थियो ।त्यसैगरी, साउन महिनामा भक्तपुर मालपोत कार्यालयले २५ करोड ३१ लाख ७८ हजार १८६ रुपैयाँ, कलंकी काठमाडौंले २४ करोड ३५ लाख ४० हजार ७ सय १ रुपैयाँ, चाहविल, काठमाडौंले २४ करोड ८० लाख ७२ हजार १५५, कास्की कार्यालयले १६ करोड ३० लाख ८२ हजार ५४१ रुपैयाँ रकम राजस्व उठाएको छ ।
त्यसैगरी, काभ्रेपलान्चोक मालपोत कार्यालयले ९ करोड १७ लाख ४९ हजार ३ सय २३, चितवनले १३ करोड ३ लाख १४ हजार ९ सय ९८ रुपैयाँ, रुपन्देहीले ८ करोड ४४ लाख ८१ हजार ९ सय ११ र सुनसरीले १० करोड २० लाख ४३ हजार ३३१ रुपैयाँ राजस्व संकलन गरेको छ ।त्यसैगरी, अघिल्लो महिना(असार)महिनामा भक्तपुरले ५४ करोड ७२ लाख ७ हजार ४७८ रुपैयाँ, कलंकी काठमाडौंले २७ करोड ६६ लाख २१ हजार ३३९ रुपैयाँ, चाहविल कार्यालयले २४ करोड ३३ लाख ५५ हजार १५८ रुपैयाँ, कास्की कार्यालयले १४ करोड ७ लाख ८२ हजार ६५३ रुपैयाँ रकम राजस्व उठाएको थियो ।
त्यसैगरी, काभ्रेपलाञ्चोक मालपोत कार्यालयले ९ करोड ३३ लाख ५६ हजार ७१०, चितवनले १४ करोड ३ लाख १७ हजार १५ रुपैयाँ, वुटवल, रुपन्देहीले ११ करोड ५४ लाख १० हजार ८२० र सुनसरी कार्यालयले १४ करोड ५० लाख ८७ हजार ६६६ रुपैयाँ राजस्व संकलन गरेको थियो । गत महिना र यो महिनाको तुलनामा केहि मालपोत कार्यालयहरुले कम राजस्व संकलन गरेका छन् भने कुनै मालपोत कार्यलयले भने बढी रकम राजस्व उठाउन सफल भएका छन् ।
प्रतिक्रिया दिनुहोस्