Shikhar Insurance
National Life

आन्तरिक राजस्वमा रामप्रसाद आचार्य, हरिशरण भन्सार विभागको महानिर्देशक

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार ११:५९
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले सहसचिवहरुको जिम्मेवारी हेरफेर गरेको छ । आइतबार अर्थमन्त्री  विष्णुप्रसाद पौडेल र सचिव डा.रामप्रसाद घिमिरेले जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रालयले आन्तरिक राजस्व विभाग महानिर्देशकमा रामप्रसाद आचार्यलाई जिम्मेवारी दिएको छ । उनी यसअघि मन्त्रालयकै प्रशासन महाशाखामा रहेका थिए । यसअघिका महानिर्देशक शिवलाल तिवारी मन्त्रालयबाट नै सरुवा भैसकेका छन् । यस्तै, भन्सार विभाग महानिर्देशकमा हरिशरण पुडासैनीलाई पठाएको छ। हालका महानिर्देशक ढुण्डीप्रसाद निरौलालाई प्रतिस्थापन गर्दै पुडासैनी भन्सार महानिर्देशक बनेका हुन्।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मन्त्रालयले दीपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक बनाएको छ । कविता रेग्मीलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक, गोपीकृष्ण कोइरालालाई आन्तरिक राजस्व विभाग उपमहानिर्देशकमा जिम्मेवारी दिदाँ रमेश अर्याललाई  ठूला करदाता कार्यालयको प्रमुख कर प्रशासक बनाएको छ । अर्याल यसअघि भन्सार विभागका उपमहानिर्देशक रहेका थिए ।

यस्तै पार्वती शर्मालाई मध्यमस्तरीय करदाता कार्यालयको प्रमुख कर प्रशासकको जिम्मेवारी तोकिएको छ ।

यसैगरी  यमुना प्रधानलाई भन्सार विभागको उपमहानिर्देशक, जनकराज शर्मालाई भन्सार विभागको उपमहानिर्देशक तोकिएको छ । डिल्लीराम पन्थीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

त्यसैगरी उत्तरकुमार खत्रीलाई अर्थ मन्त्रालय राजस्व व्यवस्थापन  महाशाखा, मदन दाहाललाई अर्थमन्त्रालय प्रशासन महाशाखा, थानप्रसाद पंगेनीलाई  अर्थ मन्त्रालय वित्तीय संघीयता समन्वय महाशाखा, महेश भट्टराईलाई अर्थ मन्त्रालय योजना अनुगमन तथा मूल्यांकन महाशाखा र अमृत लम्साललाई अर्थ मन्त्रालय अन्तर्गतको जिम्मेवारी तोकिएको छ । श्यामप्रसाद भण्डारीलाई महालेखा नियन्त्रक कार्यालयको सहमहालेखा नियन्त्रकको जिम्मेवारी तोकिएको छ ।

यसअघि अन्तर्राष्ट्रिय सहायता समन्वय महाशाखा प्रमुखको जिम्मेवारी धनीराम शर्मा र बजेट तथा कार्यक्रम महाशाखा प्रमुखको जिम्मेवारी श्रीकृष्ण नेपाललाई तोकिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्