Shikhar Insurance
National Life

अर्थ मन्त्रालयले दर्ता गरायो २ विधेयक, अर्थ समितिले अध्ययन सुरु गर्ने

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार ११:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थ मन्त्रालयले २ महत्वपुर्ण विधेयक संसदमा दर्ता गराएको छ । मन्त्रालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ र धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ दर्ता गराएको हो ।

२ विधेयकमाथी संसदको अर्थ समितिले दफावार छलफल गर्नेछ र आवश्यक परिमार्जन सहित पास गर्नेछ । सरकारले गर्ने खर्चलाई पारदर्शी तथा लेखा उत्तरदायित्वलाई बढाउन कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ मा लागू गरिएको थियो । यो ऐनलाई अर्थ मन्त्रालयले पहिलो पटक संशोधन गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, धितोपत्र बजारलाई नियमन गर्न बनेको धितोपत्र बोर्ड सम्बन्धि ऐन २०६३ लाई पनि संशोधन गर्न लागेको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्