काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । कारोबार खुल्ला भएको २५ मिनेटमा राष्ट्रिय बीमा कम्पनी र सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमा सकरात्मक सर्किट लागेको हो ।
नेपाल फाइनान्सको सेयरमा नकरात्मक सर्किट लागेको छ । समचार तय पार्दासम्ममा सेयर बजार १७.९२ अंकले बढेर ३०१८.७३ को बिन्दुमा पुगेको छ । १ करोड १८ लाख बढीको सेयर किनबेच हुँदा ३ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्