Shikhar Insurance
National Life

नेपाल-भारतबीचको सम्बन्ध सुधार गर्न सरकार अनुकुल : पूर्वराजदुत उपाध्याय

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार ११:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल-भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी गरेका छन् । नवनियुक्त परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको भारत भ्रमणको विषयमा कुराकानी गर्दै पूर्वराजदुत उपाध्यायले यस्तो टिप्पणी गरेको हो ।

पूर्वराजदुत उपाध्यायले परराष्ट्रमन्त्री डा राणा इमान्दारिताका साथ प्रयास गरे सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताए । नेपाल-भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको बताए । समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनसके धेरै काम गर्न सकिने बताउँदै कुटनीतिक सम्बन्ध सुधार्न र राम्रो बनाउन दोहोरो चरित्र देखाउन नहुने सुझाव दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगतको भन्दा बलियो सरकार भएकाले सम्बन्ध सुधार गर्न अवसर रहेको बताए । सामाजिक सञ्जाल र हल्का व्यवहार तथा टिप्पणीबाट बच्न परराष्ट्रमन्त्री देउवालाई सुझाव दिए । नेपालले सम्बन्ध बिस्तारमा विगतमा धेरै गल्ती गरेकाले संवेदनशील भएर वाता एवं छलफल गर्न आवश्यक रहेको बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्