Shikhar Insurance
National Life

तरलता बढेपछि बैंकिङ प्रणालीबाट एकै पटक १ सय अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार ११:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट १ सय अर्ब रूपैयाँ खिच्ने भएको छ । बजारमा तरलता प्रवाह बढेपछि बैंकले एकै पटक १ सय अर्ब रुपैयाँ वाणिज्य बैंकहरुबाट खिच्न लागेको हो ।

बैंकले आइतबार एक सूचना जारी गर्दै निक्षेप संकलन उपकरणमार्फत् भदौ २ गतेदेखि भदौ २३ गतेसम्मका लागि १ सय अर्ब रूपैयाँ खिच्ने भएको हो । यसका लागि आज(आइतबार) अपराह्न ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले सूचनामार्फत जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निक्षेप राख्न चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ । निक्षेपको ब्याजदर भने बोलकबोल प्रणालीबाट तय हुनेछ ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम व्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमश: बाँडफाँड गरिने बैंकले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्