Shikhar Insurance
National Life

समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर हुँदा अपराध बढ्यो : प्रधानमन्त्री ओली

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार ११:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धन कमजोर भएका कारण अपराधहरु बढिरहेको बताएका छन् । शनिबार मुलुकी संहिता दिवस, २०८१ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले समाजमा सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरु कमजोर भएको बताएका हुन् ।

उनले यस प्रकारको अदृश्य वन्धनहरु कमजोर हुँदा अपराधहरु बढेको र अदालतमा धेरै मुद्दाहरु परेका बताए । उनले समाजलाई सुव्यवस्थित रुपमा सञ्चालन गर्नका लागि सामाजिक, सांस्कृतिक तथा नैतिक वन्धनहरुको प्रवर्द्धन गर्नुपर्ने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मानिसहरु स्वयं नैतिक वन्धनमा नबाँधिए कानूनलाई जति संशोधन गरेपनि अपराध न्युनिकरण नहुने उनको भनाइ छ । उनले दण्ड र सजायले मात्रै अपराधको अन्त्य गर्न नसक्ने बताए । प्रधानमन्त्री ओलीले अपराधिक मनोवृत्ति घटाउनका लागि जनचेतना जगाउनुपर्नेमा जोड दिए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्