Shikhar Insurance
National Life

मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालको नयाँ ‘हस्पिटल एप’ सञ्चालन

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार ११:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ । अस्पतालले मिदाससँगको सहकार्यमा सो एप सञ्चालनमा ल्याएको हो ।

यो एप मार्फत बिरामीहरूले भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्नेछन् । यस एपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले नि:शुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बिमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था समेत रहेको भक्तपुर क्यान्सर अस्पतालले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथसाथै बिरामीहरूलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज बनाएर अस्पतालहरूका सेवाहरूलाई निकै सहज बनाएको छ । यसले अस्पतालहरूसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको छ ।

मिदासले विकास गरेको हस्पिटल एप मार्फत बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र किन्ने सँगसँगै घरबाटै आरामले मेडिकल अपोइन्टमेन्टहरू लिने तथा प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सकिने व्यवस्था पनि छ । सरकारी स्वास्थ्य बिमा कभरेज भएका व्यक्तिहरूलाई नि:शुल्क टिकट बुक गर्ने सुविधा र अस्पतालको सेवालाई थप पहुँचयोग्य र सुलभ बनाएको मिदासले जनाएको छ ।

आइएमई समूह अन्तर्गतको मिदास हेल्स सर्भिसेजले स्वास्थ्य सेवा सूचना प्रणाली विकास तथा सेवा उपलब्ध गराउँछ । यसले दुई सय भन्दा बढी अस्पतालहरूलाई हस्पिटल एप तथा स्वास्थ्य सूचना प्रणाली उपलब्ध गराएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्