Shikhar Insurance
National Life

सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा, तोलाको कति ?

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार १०:५१
Hyundai
NCELL
NIMB

काठमाडौं । भदौको पहिलो साता मै सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड राखेको छ । आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँले बढेर नयाँ रेकर्ड कायम राखेको हो ।

अघिल्लो दिन(शुक्रबार) ९ सय रुपैयाँले घटेको सुनको मूल्य आज ३ हजार रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम राखेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार छापावाला सुनको मूल्य १ लाख ५२ हजार ६ सय रुपैयाँ रहेको छ । सुन अघिल्लो दिन १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ८ सय १० रुपैयाँ रहेको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ६० रुपैयाँमा किनबेच भएको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्