काठमाडौं । चालु वर्षको पहिलो महिनामा सरकारको प्राप्ति ९६ अर्ब ९८ करोड रुपैयाँ भएको छ । साउन महिनामा सबै शिर्षकमा सो बराबरको रकम प्राप्त भएको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारले गत आर्थिक वर्ष २०७९/०८० को साउन महिनामा भन्दा चालु वर्षको साउन महिनामा ७ अर्ब ७० करोड बढी प्राप्ति गरेको हो । चालु वर्ष भन्सार र आन्तरिक राजस्वबाट ७७ अर्ब ४३ करोड रुपैयाँ संकलन गरेको छ ।
यस्तै, गैरकर राजस्वबाट १७ अर्ब ३३ करोड र अन्य शिर्षकबाट २ अर्ब २१ करोड संकलन भएको छ । खर्चतर्फ सरकारले ४० अर्ब २० करोड भुक्तानी दिइसकेको छ । जसमा चालु शिर्षकमा १२ अर्ब ३८ करोड खर्च भएको छ ।
पुँजिगत खर्चतर्फ ८ अर्ब ५५ करोड भुक्तानी हुदाँ आन्तरिक तथा बाह्य ऋणको सावा ब्याज भुक्तानीमा सबैभन्दा धेरै १९ अर्ब २७ करोड भुक्तानी दिएको छ ।
सरकारले चालु वर्ष राजस्व शिर्षकबाट मात्रै १४ खर्ब १९ अर्ब ३० करोड संकलन गर्ने लक्ष्य राखेको छ । आन्तरिक ऋण र बाह्य ऋण गरेर सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड खर्च गर्ने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्