Shikhar Insurance
National Life

कोरोना बीमितको पैसा नतिरेपछि युनाइटेड अजोड विरुद्ध अवहेलना मुद्धा, तत्काल भुक्तानी दिन प्राधिकरणको निर्देशन

सिंहदरबार संवाददाता
२०८१ भाद्र २, आईतवार १०:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । कोरोना बीमितको दाबी रकम भुक्तानी नगरेपछि युनाइटेड अजोड इन्स्योरेन्स विरुद्ध अदालतको अवहेलना मुद्धा परेको छ । उच्च अदालत विराटनगरले ३३ जना बिमितहरुलाई कोरोना बीमाको रकम उपलब्ध गराउन कम्पनीका नाममा २०७९ जेठ १६ गते नै परमादेश जारी गरेको थियो ।

तर अदालतको आदेशका बावजुद कम्पनीले दावी भुक्तानी नदिएपछि २०८१ असार १० गते अदालतको अवहेलना सम्बन्धी मुद्धा परेको हो । पत्रकार महासंघ, मोरङ जिल्ला शाखाले पत्रकारहरुको कोरोना बीमा गराएको थियो । कोरोना संक्रमणमा परेका ३३ जना पत्रकारहरुले बीमा रकम दावी गर्दा कम्पनीले आनाकानी गरेपछि महासंघ, मोरङका तर्फबाट नेत्र प्रसाद अधिकारीले उच्च अदालत विराटनगरमा २०७८ मै मुद्धा हालेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

३३ जना पत्रकारहरुको जनहि एक लाखका दरले ३३ लाख रुपैयाँ बीमा दाबी रकमका लागि उनीहरु अदालतको अवहेलना भएको भन्दै पुन: अदालत पुगेका हुन् ।

उता, बीमा प्राधिकरणले भने अदालतको फैसला कार्यान्वयन गर्नु भन्दै कम्पनीलाई पत्र लेखेको जनाएको छ । ‘प्राधिकरणले अदालतको फैसला कार्यान्वयन गर्नु भन्दै कम्पनीलाई पत्र पठाएका छौं, ३३ जना बीमितको ३३ लाख रुपैयाँ अदालतको फैसला बमोजिम दावी भुक्तानी हुन्छ’, बीमा प्राधिकरण स्रोतले सिंहदरबारसँग भन्यो ।

कोरोना बीमा वापतको करिब १२ अर्ब ३४ करोड २५ लाख ३५ हजार ६ सय ७० रुपैयाँ रकम दावी भुक्तानी रोकिएको छ । नेपाल सरकार, बीमा प्राधिकरण र बीमा कम्पनीहरुबीच कसले कति रकम तिर्ने र कसरी दावी भुक्तानी फर्स्योट गर्ने भन्ने बिषय अझै टुंगो लागेको छैन् । अर्थमन्त्री बिष्णु पौडेलले कार्याभार सम्हाले लगत्तै कोरोना बीमाको दाबी भुक्तानीको गाँठो फुकाउने सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका थिए ।

कोरोना बीमाको संसोधित मापदण्ड अनुसार दाबी भुक्तानी दायित्वमा १ अर्ब रुपैयाँसम्म बीमा कम्पनीहरुले तिर्ने, १ अर्बदेखि २ अर्ब रुपैयाँसम्म नेपाल पुनर्बीमा कम्पनीले तिर्ने, २ अर्बदेखि २ अर्ब ५० करोड रुपैयाँसम्म कम्पनीहरुको महाविपत्ती कोषबाट र २ अर्ब ५० करोडदेखि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दाबी भुक्तानी दायित्व बीमा प्राधिकरणले तिर्ने उल्लेख छ । ३ अर्ब ५० करोड रुपैयाँ भन्दा माथिको नेपाल सरकारले ब्याहोर्ने सो मापदण्डमा उल्लेख छ । अहिले एक लाख ४० हजार भन्दा बढी बीमित कोरोना बीमाको दाबी भुक्तानी कुरिरहेका छन् । यसले बीमा गर्दा पैसा पाइन्न भन्ने सन्देश स्थापित हुँदै गएको छ ।

सरकारले २०७९ को संसदीय निर्वाचन अघि कोरोना बीमा वापतको एक अर्ब रुपैयाँ रकम उपलब्ध पनि गराएको थियो । कोरोना बीमाको दावी भुक्तानी गर्न नसक्दा बीमा क्षेत्र प्रति नै आम नागरिकहरुमा अविश्वास पैदा भैरहेको गुनासो स्वयं नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले गरिररहेका छन् ।

कोरोना बीमाको रकम छिट्टै भुक्तानी दिन्छौं- अर्थमन्त्री पौडेल

GBIME

प्रतिक्रिया दिनुहोस्