काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्री बलराम अधिकारीले सहकारीमा समस्या धेरै नभएको र सहकारी सबै सकियो भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) को ३७औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।
सहकारीहरुले बिजनेस व्यापार र आफ्नो अनुकुलमा बढी ध्यान दिएको कारणले गर्दा समस्या आएको बताए । ‘आफूले आआफ्नो क्षेत्रबाट समस्यामा परेका सहकारीहरुलाई व्यवस्थित गर्ने हिसाबले राज्यले अगाडी सारेको अर्थनीतिको आधारमा सहकारी एउटा खम्बा हो यस्लाई पहिचान गराउनुपर्छ भन्ने हिसाबले ती समस्या परेका सहकारीलाई सबै सहकारीहरु मिलेर सामाधान गर्न सहयोग गर्ने योजना बनाए समस्या छिटो नै समाधान हुने बताए । ’
उनले भने ‘बिग्रियो भन्ने अप्ठ्यारोमा परेकालाई पन्छाउने अनि आफू अघि बढ्न खोजेर समस्याको समाधान हुँदैन ।’ सहकारी जोगाउन सरकारले गर्नुपर्ने काममा सधै तयार रहेको प्रतिवद्धता व्यक्त गरे । उनले भने, ‘एक अर्को लाई दोष दिएर पन्छिने प्रवृत्तिले समस्या समाधान हुँदैन । कानुनी रुपमा भएका समस्यालाई लिएर आउनुस् सम्बोधन गर्न हामी तयार छौं ।’
सदस्यको समृद्धिका लागि भन्दा पनि सञ्चालकले व्यक्तिगत मुनाफाका लागि ध्यान दिँदा समस्या आएको बताउँदै उनले भने, ‘सहकारीले सहकारीको उद्देश्य अनुसार काम गर्नुपर्छ । कमजोर वर्गका हितका नीम्ति काम गरी उनीहरुको आर्थिक स्तर उकास्नु पर्छ ।’
उनले भने, ‘ऋण असली न्यायाधीकरण, दोस्रो तहको नियामक निकाय र कर्जा सूचना केन्द्र र बचत तथा कर्जा सुरक्षणकोष खडा गर्ने कुरा राख्नु भएको छ । यी धेरै पहिलेदेखिका उठेका कुरा हुन् । अभियानले साथ दिए एक वर्ष भित्रमा सबै योजना कार्यान्वयन गर्छु ।’
‘न्यायाधीकरणको प्रक्रिया अघि बढाएको छु । नियामक निकायको विद्येयक तयार भइसकेको छ । तपाईहरु सबैको भावनानै मिलिसकेको छैन । नियामक निकाय स्वतन्त्र हुन्छ की २०७४ को ऐनसँग जोडिएर आउँछ । तपाईहरुकै राय मिलेको छैन ।’
दोहोरो पदका विषयमा पनि सञ्चालहरुबीच विभेद रहेको बताउँदै उनले भने, ‘एक व्यक्ति एक ठाउँमा बस्ने हो । त्यसको पनि किटान हुनुपर्यो । एउटै प्रकृतिका सहकारीमा सदस्य छ भने उसलाई आउन पाउदैन भन्न भएन । तर, विविध उद्देश्य भएका सहकारीमा तत्कालिन समयमा बस्ने की नबस्ने कुरामा पनि किटान गर्न जरुरी छ, यसमै तपाईहरुको विभेद छ । सञ्चालहरुबीच एउटै धारणा हुनुपर्यो,’ उनले थपे, ‘एक व्यक्ति कति ठाउँमा बस्ने छुट्टिएर आउनु पर्यो । किटान गरेर आउनुस्’
प्रतिक्रिया दिनुहोस्