कालीकोट । बिहीबार रातिको वर्षासँगै आएको हावाहुरीले यहाँको शुभकालिका गाउँपालिका–१ छाती गाउँका स्थानीयले लगाएको मकैबालीमा क्षति पुगेको छ । हावाहुरीले एक सय ३३ घरधुरीले लगाएको मकैबालीमा क्षति पुगेको हो ।
पाक्ने बेलाको मकैमा हावाहुरीले क्षति पुर्याएको स्थानीय जवानसिंह सुनारले बताए । ‘यहाँ धानखेती हुँदैन । यहाँको मुख्य बाली मकै हो’, उनले भने,’हावाहुरीले मकै बाली नष्ट भएपछि किसान भोकमरी हुने चिन्तामा छन् ।’ अहिलेसम्म यहाँका किसानले कृषि बीमा गरेका छैनन् । यहाँको प्रमुख बाली मकै भएकाले हावाहुरीले ठूलो क्षति पुर्याएको शुभकालिका गाउँपालिका–१ का वडाध्यक्ष वीरबहादुर रामजालीले बताए ।
‘हावाहुरीले मकै बालीमा ठूलो क्षति पुगेको छ’, उनले भने,’क्षतिका बारेमा गाउँपालिका तथा विपद् व्यवस्थापन कार्यालयलाई पनि जानकारी गराइएको छ ।’
प्रतिक्रिया दिनुहोस्