Shikhar Insurance
National Life

विश्व बैंकसँग २० अर्ब २१ करोड ऋण लिन वार्ता टोली गठन, यस्ता छन् मन्त्रिपरिषदका १४ निर्णय

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार १६:३९
Hyundai
NCELL
NIMB

काठमाडौं । विश्व बैंकसँग १५० मिलियन अमेरिकी डलर (शुक्रबारको विनिमय दर अनुसार २० अर्ब २१ करोड रुपैयाँ) ऋण लिन मन्त्रिपरिषदले स्वीकृति दिएको छ । अर्थ मन्त्रालयको सहसचिव धनिराम शर्माको नेतृत्वमा वार्ता टोली गठन गर्न स्वीकृति दिएको हो । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले विविध १४ शिर्षकमा निर्णय गरेको छ ।

यस्ता छन् अन्य निर्णय

Citizen Life
Kumar Bank
Prabhu Insurance

१) २०८१ भदौ ११ देखि १४ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने नुट्रिसन फाइनान्सिङसम्बन्धी कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका माननीय सदस्य प्रा. डा. आर.पि. | विच्छालाई स्वीकृति प्रदान गर्ने ।

२) जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंका जिल्ला न्यायाधिवक्ता श्री श्रीराम खनाललाई नेपाल कानून व्यवसायी परिषद्को सचिव पदमा खटाउने ।

३) २०८१ असोज ५ देखि १४ सम्म बेलायतमा हुने लोक सेवा आयोगको क्षमता अभिबृद्धिसम्बधी कार्यक्रममा सहभागी हुन लोक | सेवा आयोगका पदाधिकारीहरूलाई स्वीकृति दिने ।

४) विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण रकम स्वीकार गर्नेसम्बन्धी वित्तीय सम्झौता र कार्यक्रम दस्तावेजलाई अन्तिम रूप दिन नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने ।

५) २०८१ असोज ९ देखि १० सम्म उज्वेकिस्तानको समरखण्डमा आयोजना हुने एसियाली पूर्वाधार लगानी बैंकको बोर्ड अफ गभर्नर्सको नवौं वार्षिक बैठकमा माननीय उपप्रधान एवं अर्थमन्त्रीको | नेतृत्वमा नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गर्ने ।

६) राजस्व न्यायाधिकरण पोखराको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पोखराका माननीय न्यायाधीश श्री सुदर्शनराज पाण्डेलाई तोक्ने ।

७) माननीय परराष्ट्र मन्त्रीको नेतृत्वको प्रतिनिधिमण्डललाई २०८१ भदौ २ देखि ६ गतेसम्म भारत भ्रमणको लागि स्वीकृति प्रदान गर्ने ।
८) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत विभिन्न १४ वटा आयोजना तथा कार्यक्रमहरू कार्यान्वयन गर्न आ.व. २०८१/८२ का लागि ४१ वटा राजपत्राङ्कित | अधिकृतस्तरका पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने ।

९) राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ को नियम २८ बमोजिम CAVA Women’s Nation’s Volleyball League 2024 मा नेपालको तर्फबाट सहभागी खेलाडी १४ जनालाई जनही ३ लाख; मुख्य प्रशिक्षक १ जनालाई २ लाख एवं व्यवस्थापक १. सहायक प्रशिक्षक १ र फिजियो १ गरी ३ जनालाई जनही १ लाख २० | हजार रुपियाँका दरले पुरस्कृत तथा सम्मान गर्न स्वीकृति दिने ।

१०) वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत पर्सा राष्ट्रिय निकुञ्ज कार्यालयमा कार्यरत माहुत (श्रेणी विहिन) श्री प्रेमलाल बछार चौधरी पक्षघात भई कामकाज गर्न असमर्थ भएको हुँदा निजलाई निजामती सेवा ऐन, २०४९ को दफा ३४ क. को प्रावधान बमोजिम निजको सेवा अवधिमा ६ वर्ष ४ महिना ७ दिन | थप गरी मिति २०८०/९/५ देखि लागु हुने गरी अवकाश दिने ।

११) आ.व. २०७९/८० र २०८०/८१ गरी लगातार दुई वर्षसम्म वार्षिक एकसय जना नेपालीलाई वैदेशिक रोजगारीमा पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र आ.व. २०८१/८२ का लागि नवीकरण गर्न आएमा अन्तिम एक पटकका लागि | नवीकरण गरिदिने गरी बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने ।

१२) संस्कृति, पर्यटन तथा नागरिक भारतमा २०८१ / ५/७ देखि ९ सम्म आयोजना हुने 8th
उड्डयन मन्त्रालय  International Dharma-Dhamma Conference 2024 मा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई सहभागी हुन स्वीकृति दिने ।

१३) सङ्घीय मामिला तथा सामान्य ललितपुर महानगरपालिकालाई रसिया महासंघको उलान उदे | नगरसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गर्ने ।

१४. सङ्घीय मामिला तथा सामान्य राजपत्राङ्कित प्रथम श्रेणी, सहसचिव वा सोसरहका विभिन्न ५९ जना | कर्मचारीहरूलाई विभिन्न निकायमा सरुवा गर्ने तथा कामकाज गर्न खटाउने ।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्