Shikhar Insurance
National Life

‘ऋणी र बैंकरलाई एउटै कानुनले हेर्नु हुँदैन, मिलेमतो गरेको छ भने मात्रै बैंकरमाथी अनुसन्धान गरौं’-गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार १३:१८
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक र ऋणीलाई हेर्ने कानुन फरक हुनुपर्नेमा जोड दिएका छन् । ऋणीसँगै बैंकर समेत जेल जाने स्थिति बनेको भन्दै कानुन फरक-फरक बनाउनु पर्नेमा गभर्नर अधिकारीले जोड दिएका हुन् ।

संसदको अर्थ समितिमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८० माथी छलफलमा गभर्नर अधिकारीले सो विचार व्यक्त गरेका हुन् । छलफलमा गभर्नर अधिकारीले भने, ‘बैंकरले व्यवसाय चल्छ कि चल्दैन भनेर निर्णय गर्ने विषय हो । पैसा ऋणीले नै लैजाने हो, कानुनको प्रयोग गरिराख्दा ऋणी र बैंकरलाई एकै ठाउमा राखेर हेरियो । यसकारण ऋणीसँगै बैंकर पनि जेल जानु पर्ने स्थिति आएको छ ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

गभर्नर अधिकारीले ऋणी र बैंकरलाई हेर्ने छुट्टै कानुन हुनुपर्ने धारणा राखेका हुन् । अधिकारीले थपे, ‘कानुन कार्यान्वयनको क्रममा मैले यो विषय बोल्न मिल्दैन तर कानुन निर्माणको क्रममा मैले यो विषय भन्न पाउनुपर्छ । ऋण त ऋणीले लैजाने हो नी, बैंकरको काम ऋण स्वीकृत गराइदिने मात्रै हो ।’

ऋणी र बैंकरलाई छुट्याउनु पर्नेमा गभर्नर अधिकारीले जोड दिएका छन् । उनले भने, ‘बैंकरमाथी त्यतिबेला मात्रै छानविन हुनुपर्छ । जतिबेला ऋणीले यो ऋण लिने समयमा नै हामीले मिलेमतो गरेका थियौं। भनेर भन्छ, कहाँ मैले मात्रै लानु यो ऋण लिने बेलामा नै हामीले मिलेमतोमा लगेको भन्छ भने अब बैंकरलाई पनि अनुसन्धान गर्नुपर्छ । उहाँहरुको पनि इन्भलमेन्ट छ । भनेपछि मात्रै अनुसन्धान गर्नुपर्छ ।’

गभर्नर अधिकारीका अनुसार अहिले बैंकहरुमा कर्मचारीहरुले खल्तिबाट कलम ननिकाल्ने स्थिति छ । ऋण दिएर किन आफूलाई जोखिममा पार्नु  भन्दै काम गर्न बैंकरहरु डराईरहेका छन् ।

बैंक विरुद्ध गतिविधि गर्नेलाई कारबाही प्रस्ताव

बैंक तथा वित्तिय संस्था विरुद्ध गतिविधि गर्नेलाई पनि बैंकिङ कसुर अनुसार कारबाही गर्नुपर्ने गभर्नर अधिकारीले प्रस्ताव गरेका छन् । व्यवसायी दुर्गा प्रसाईलाई लक्षित गर्दै गभर्नर अधिकारीले वित्तिय स्थायित्व विरुद्ध अघि बढ्ने जो कोहि कारबाहीको भागिदार हुनुपर्ने बताएका हुन् । उनले संसदमा यस्ता गतिविधि गर्ने विरुद्ध कानुन बनाएरै कारबाही गर्न समेत सुझाव दिएका छन् ।

गभर्नर अधिकारीले भने, ‘यदि कसैको सोसल मिडियामा १० हजार फलोवर्स छ । यो बैंकको ऋण नतिरौं भनेर उसले अभियान चलाउँछ एउटा बैंकमा निक्षेपकर्ताहरुको लाइन लाग्न थाल्छ, त्यसले एउटा बैंक एउटा सहकारी मात्रै होइन समग्र वित्तीय क्षेत्रलाई नै गम्भिर असर पार्छ ।’ वित्तीय स्थायीत्वमाथी खलल पार्ने काम गर्न जो कोहिलाई बैंकिङ कसुरको दायारामा ल्याउनु पर्ने गभर्नर अधिकारीको भनाई छ ।

पैसा नतिरौं भन्ने अभियानले अहिलेसम्म पनि असर पारिरहेको गभर्नर अधिकारीको भनाई छ । अहिले यस्ता गतिविधिलाई रोक्न कानुन बनाउने अवसार समेत भएको गभर्नर अधिकारीको भनाई छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्