Shikhar Insurance
National Life

राष्ट्र बैंकमा ५२ जनालाई जागिर खाने अवसर, १२ कक्षा पास गरेकाले पनि आवेदन दिन पाउने

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार ११:२०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले शुक्रबार एक सूचना जारी गर्दै सहायक निर्देशक, सहायक र सहायक (सूचना प्रविधि) का लागि कुल ५२ जना कर्मचारी माग गरेको हो ।

राष्ट्र बैंकले सहायक निर्देशकका लागि ३४ जना, सहायक १३ जना र सहायक (सूचना प्रविधि) तर्फ ५ जना कर्मचारी माग गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सहायक निर्देशकका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट अर्थशास्त्र वा व्यवस्थापन वा जनप्रशासन विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने बैंकले जनाएको छ । सहायकका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रमाणपत्र तह वा दश जोड दुई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ ।

त्यसैगरी, सहायक (सूचना प्रविधि) का लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिङ्ग र कम्प्युटर साइन्स इन्जिनियरिङ्ग र हार्डवेयर इन्जिनियरिङ्ग र इलेक्ट्रोनिक्स कम्युनिकेशन एण्ड इन्फरमेशन इन्जिनियरिङ्ग विषयमा ३ वर्षे डिप्लोमा उत्तीर्ण गरेको हुनुपर्ने बैंकले सूचनामार्फत जनाएको छ ।

इच्छुक तथा योग्यता पुगेका आवेदकहरुले भदौ २० गतेसम्म आवेदन दिन सक्नेछन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्