Shikhar Insurance
National Life

कोरोना परीक्षण गर्न लुकिलुकी स्वास्थ्य संस्था धाउँदै सर्वसाधारण

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २२, शनिबार १३:१८
Hyundai
NCELL
NIMB

सिन्धुली । कोभिड–१९ का लक्षण देखिए पनि परीक्षण गर्न राति स्वास्थ्य संस्था धाउने गरेका छन् । जिल्लाको दुधौली नगरपालिकामा रहेका सङ्क्रमित रातको समयमा मात्र स्वास्थ्य संस्था जाने गरेका हुन् ।

समुदायमा कोरोनाको सङ्क्रमण फैलिरहेको छ । सङ्क्रमणका लक्षण देखिए पनि परीक्षण गर्न नआउँदा सङ्क्रमित थपिँदै र सङ्क्रमण फैलँदै गएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सङ्क्रमण भएका व्यक्तिलाई रोगको भन्दा समुदायको डर छ । सङ्क्रमणका लक्षण देखिए पनि पिसिआर परीक्षण नगरी घरमै बस्दा सङ्क्रमणको स्थिति झन् भयावह हुनसक्ने सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा धिरेन्द्रकुमार सुदा बताउँछन् ।

“दिउँसो सुनसान हुन्छ यहाँ रात परेपछि ‘कोरोना परीक्षण गर्नु परो’ भन्दै धेरै आउनुहुन्छ, हामी परीक्षणका लागि स्वाब सङ्कलन गरेर पठाइदिन्छौँ, कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्ति सबैले स्वास्थ्य संस्थामा नै बस्नुपर्छ भन्ने हुन्न”, उनले भने, “सङ्क्रमणका लक्षण देखिएर स्वास्थ्यमा समस्या देखिने, सास फेर्न गाह्रो हनु जस्ता लक्षण भएका बिरामीलाई हामी आइसोलेशनमा राखेर उपचार गर्दै आएका छौँ ।”
यतिबेला कोभिड–१९ को दोस्रो लहर चलिरहेको छ । यहाँ एकै व्यक्तिले २७ जनालाई सम्म सङ्क्रमित बनाएको पाइएको छ । समुदायमा हिँड्डुल, खेतीपातीको काम गर्ने तर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नहुँदा सङ्क्रमण भुसको आगो झैँ समुदायमा फैलन सक्ने खतरा रहेको छ ।

सिर्थौली कोभिड–१९ अस्पतालमा उपचार गराइरहेका एक व्यक्तिले भने, “गाउँमा ज्वरो आउने, खोकी लाग्ने, छाती दुखो भन्ने बिरामी धेरै छन्, केही त ठीक भइसके तर केहीलाई उस्तै छ, यतिबेला रोगको भन्दा समुदायको ठूलो डर छ, दुधौली नगरपालिकाले कोरोना सङ्क्रमितको घरमा स्टिकर टाँसिदिँदा परीक्षण गराउन आउन नमान्ने धेरै छन् ।”

एन्टिबायोटिक औषधिको प्रयोग बढ्दो

यतिबेला रुघाखोकी लाग्ने, ज्वरो आउने, टाउको दुख्ने बित्तिकै सबैलाई डर लागि हाल्छ, कि अब कोरोना लाग्यो । यस्ता लक्षण देखिनासाथ नडराई नागरिक स्वास्थ्य संस्थामा जानुपर्छ । यहाँ त्यसो हुन सकिरहेको छैन, सामान्य तरिकाले टाउको दुख्ने, खोकी लाग्ने र हल्का ज्वरो आउने बित्तिकै टाइफाइडको औषधि खाने चलन रहेको बताइएको छ ।

टाइफाइडको जाँच गरेर चिकित्सकको सिफारिसअनुसार पाँच दिनसम्म बिरामीले औषधि सेवन गर्नुपर्छ । यतिबेला यस्ता लक्षण देखिनासाथ सिधै मेडिकलमा गएर डाइफाइडको औषधि खानेको सङ्ख्या उल्लेख्य रहेको बताइन्छ ।

सिर्थौली कोभिड–१९ अस्पतालका इन्चार्ज डा सुदाले भने, “केही दिनअघि एकजना ज्वरो आयो भन्दै आउनुभयो, हामीले कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पीसीआर गर्‍यौं, पछि कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भयो, उहाँ सास फेर्न गाह्रो भएपछि आउनुभयो ।” उनको अवस्था अहिले सुधार भइरहेको सदाले बताए ।

“हामीले उहाँलाई किन गाह्रो भएपछि आउनुभयो भनेर सोध्दा पाँच दिनसम्म टाइफाइडको औषधि खाएको र कम नभएपछि आएको सुनाउनुभयो, समुदायमा टाइफाइडको औषधि खाने धेरै रहेछन् यसले मानव स्वास्थ्यमा गम्भीर असर गरिरहेको छ,” उनले भने ।

जनचेतना फैलाउन स्वथ्यकर्मी र नगर प्रहरी परिचालन

दुधौलीमा सङ्क्रमण फैलिएको भन्दै नगरपालिकाले जनचेतना फैलाउन स्वास्थ्यकर्मी र नगरप्रहरीको टोली परिचालन गरेको छ । नगर प्रमुख घनश्याम राउतले दुधौलीमा सङ्क्रमण बढेपछि जनचेतनाको कमी हुँदा सङ्क्रमण फैलिएको निष्कर्षसहित टोली परिचालन गरिएको बताए ।

“सङ्क्रमण लागेका व्यक्तिलाई निकृष्ट प्रकारको व्यवहार समुदायले गर्दा सङ्क्रमणका लक्षण देखिए पनि खुलेर नआउने हुँदा यसको समुदाय र नागरिकको स्वास्थ्यमा ठूलो असर परिरहेको छ,” उनले भने, “म पनि कोरोना सङ्क्रमित हुँ, अहिले कोरोनामुक्त भइसकेको छु, सङ्क्रमित नआत्तीकन उच्च मनोबलका साथ बस्ने र त्यो वातावरण घरपरिवार र समुदायले सिर्जना गर्नुपर्छ ।”
उनका अनुसार नगर प्रहरीले जनचेतना फैलाउन माइकिङ गर्ने, सम्झाउने गरेको छ भने स्वास्थ्यकर्मीको टोलीले सङ्क्रमण पुष्टिपछि होम आइसोलेशनमा बस्दै आएका व्यक्तिलाई औषधि वितरण र स्वास्थ्य जाँच गर्दै आएका छन् ।

हालसम्म ३४६ सङ्क्रमित हुनु भएकामा १३८ जना कोरोनामुक्त भएका छन् । यहाँ छ जनाले ज्यान गुमाउनु परेको छ । समुदायमा अझै सङ्क्रमण बढ्ने भएकाले नगरवासीलाई नआत्तिन र जनस्वास्थ्यका मापदण्डको पालना गर्न उनले आग्रह गरे ।

रासस

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्