Shikhar Insurance
National Life

भदौमा पनि घट्यो निक्षेपको ब्याजदर, सेयर बजारमा अझै पैसा ओइरिने

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार ११:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । अधिकाँस वाणिज्य बैंकहरुले भदौमा पनि निक्षेपको ब्याजदर घटाएका छन् । भदौ महिनाका लागि बैंकहरुले नयाँ ब्याजदर तोकेको हो । साउन महिनामा बैंकहरुको औसत ब्याजदर ६.७४ प्रतिशत कायम रहेको थियो भने भदौमा ०.२१ विन्दुले औसत घटेर ६.५३ प्रतिशतमा पुगेको छ ।

निक्षेपमा आउने ब्याजको हिस्सा घटेसँगै सेयर बजारमा निक्षेपको पैसा आउने देखिएको छ । बढ्दो तरलता र घट्दो ब्याजले अहिले सेयर बजारमा २९ अर्ब ९५ करोडको कारोबार हुन थालिसकेको छ । दिनदिनै बढिरहेको सेयर बजारलाई सहयोग पुग्ने गरी बैंहरुले निक्षेपको ब्याज घटाएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुन बैंकले कति पुर्यायो ब्याजदर ?

भदौ १ गतेदेखि लागू हुनेगरी सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार १३ बैंकले निक्षेप ब्याजदर घटाएका छन् भने ६ बैंकहरुले साउनकै ब्याजदरलाइै निरन्तरता दिएका छन् । लक्ष्मी सनराइज बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, ग्लोबल आइएमई, कुमारी, माछापुच्छ्रे र नबिल बैंककले साउनको ब्याजदर भदौमा पनि लागू गरेको हुन् ।

प्राइम बैंकले भने भदौमा ब्याजदर बढाएको छ । बैंकले भदौका लागि ६.७५ प्रतिशत ब्याजदर कायम गरेको छ । २ बैंकहरु एनएमबी र एनआईसी एशियाको ब्याजदर ७.४१ प्रतिशत रहेको छ । यो नै साउन महिनाका लागि बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा दिने सर्वाधिक ब्याजदर हो ।

बैंकहरुले साउन महिनादेखि नै ब्याजदर सम्बन्धि भद्र सहमति छाडेर आवश्यकता अनुसार ब्याजदर घटाउने वा बढाउन पाउने व्यवस्था गरेका थिए । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाहरुलाई हरेक महिनाको मसान्त भित्रै आगामी महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था गरिदिएको छ । बैंकहरुले त्यसरी हरेक महिना नयाँ ब्याजदर तोक्दा अघिल्लो महिनाको ब्याजदरमा १० प्रतिशतसम्म बढाउन वा घटाउन सक्ने सुविधा पाएका छन् ।

अहिले भने व्यक्तिगत मुद्धतिको भन्दा संस्थागत मुद्धतिमा एक प्रतिशतले मात्रै कम ब्याज दिन पाइने व्यवस्था छ । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्ध बार्षिक समिक्षा मार्फत संस्थागत निक्षेप कर्ताहरुलाई २ प्रतिशत कम ब्याज दिनुपर्ने पुरानो व्यवस्थाको सट्टा १ प्रतिशत मात्रै कम ब्याजदर दिन पाउने सुबिधा दिएको थियो । यसले बीमा कम्पनीहरुलाई फाइदा पुगेको छ ।

राष्ट्र बैंकले व्यक्तिगत मुद्दति निक्षेपको माथिल्लो सीमा र बचतको न्यूनतम ब्याजदरबीचको अन्तर बढीमा ५ प्रतिशत भन्दा धेरै बनाउन नपाउने नियम लगाएको छ । त्यसकारण व्यक्तिगत मुद्दती निक्षेपको अधिकत ब्याजदर घट्दा बचत र कल निक्षेपको ब्याजदर घट्दै जानेछ । बैंकहरुले स्वीकार गर्ने सबै खाले निक्षेपको ब्याजदर घट्दै गएपछि कर्जाको ब्याजदर पनि घटाउनुपर्नेछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्