काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य शुक्रबार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५० हजार ५ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, चाँदी २० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ६० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदी अघिल्लो दिन १ हजार ७ सय ४० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्