बागलुङ । तमानखोला गाउँपालिका–१ बोङ्गादोभानमा पक्की पुल निर्माण भएको छ । बोङ्गादोभानमा २ करोड ७१ लाख २७ हजार ९६४ रुपैयाँ लागतमा साना तथा मझौला सवारीसाधन सञ्चालन गर्न मिल्ने पुल निर्माण भएको हो ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले लामो समयको प्रयासपछि बोङ्गाखोलामा पुल निर्माण भएको बताए । गाउँपालिकामा सबै याममा सवारी साधन सञ्चालन गर्न अझै आठ वटा पुल निर्माण गर्न बाँकी रहेको उनले बताए । गाउँपालिकाले गत आर्थिक वर्षमा ८७ लाख ६७ हजार नौ सय २६ को लागतमा भिकोसघाटमा पक्की पुल निर्माण गरेको जानकरी दिए ।
चारवर्षअघि २०७९ चैत ३० भित्रमा निर्माण पूरा गर्नेगरी निर्माण कम्पनी कान्तिपथ कन्ट्रक्सनसँग सम्झौता भएको सडक डिभिजन कार्यालयका इन्जिनियर अमर अधिकारीले बताए । ‘ढिलो भएपनि पुल पूरा भयो तर निर्माण कम्पनीलाई ६० लाख भुक्तानी गर्न बाँकी छ’ विनियोजित बजेट कम भएकाले भुक्तानीमा समस्या भएको जानकारी दिँदै उनले भने ।
प्रतिक्रिया दिनुहोस्