Shikhar Insurance
National Life

ठूलो संख्यामा सहसचसिवहरुको सरुवा, भन्सार, आन्तरिक राजस्व, सम्पति र राजस्व अनुसन्धानको महानिर्देशकहरु फेरिदै

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३२, शुक्रबार ०६:२६
Hyundai
NCELL
NIMB

काठमाडौं । २२ जना सचिवहरुको सरुवा गरेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले ५९ जना सहसचिवहरुको सरुवा गरेको छ ।

बिहिबार बेलुका अबेरसम्म बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरु सरुवा गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालय, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय लगायत महत्वपुर्ण मन्त्रालयहरुको सहसचिवहरुको सरुवा भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

परराष्ट्र मन्त्रालयमा ४ जना सहसचिवहरु सरुवा भएका छन् । विभिन्न देशको महावाणिज्य दुत बन्नका लागि सहसचिवहरु झक्क प्रसाद आचार्य, लक्ष्मी प्रसाद निरौला, भरत खनाल र विन्देश्वर प्रसाद लेखक सरुवा भएका छन् । उनीहरुलाई भारतको कोलकाता, चीनको बेइजिङ, ग्वान्जाओ ल्हासामा पठाउने तयारी छ ।

संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा भएका छन् ।

नेकपा (एमाले) र नेपाली काँग्रेसको सयुक्त सरकार निर्माण भएसँगै पार्टी अनुकुल सहसचिवहरु एक मन्त्रालयदेखि अर्को मन्त्रालय सरुवा भएका हुन् । केहि समयभित्रै अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभाग, आन्तरिक राजस्व विभागका महानिर्देशकहरु परिवर्तन हुनेछन् ।

यस्तै, प्रधानमन्त्री कार्यालय अन्तर्गतका राजस्व अनुसन्धान विभाग र सम्पति शुद्धिकरण विभागका महानिर्देशकहरु पनि परिवर्तन हुने देखिएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ५५ जना भन्दा धेरै सहसचिवहरुको सरुवा भएको बुझिएको छ ।

अर्थ मन्त्रालयबाट ८ जना भित्रिदा ६ जना बाहिरिए

बिहिबारको मन्त्रिपरिषदबाट निर्णयबाट अर्थ मन्त्रालयमा ८ जना सहसचिवहरु भित्रिएका छन् ।जसमा श्रम तथा रोजगार मन्त्रालयमा रहेका सहसचिव मदन दाहाल, महेश भट्टराई, श्याम भण्डारी, गोपीकृष्ण कोइराला, हरिशरण पुडासैनी,कविता रेग्मी, यमुना प्रधान, दिपक लामिछाने लगायत छन् ।

अर्थ मन्त्रालयबाट ६ जना सहसचिव बाहिरिएका छन् । स्रोतका अनुसार अर्थबाट बाहिरिने सहसचिवहरुमा आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारी, भन्सार विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौला,  महालेखा नियन्त्रक कार्यालयका नारायणप्रसाद सापकोटा, भन्सार विभागका उपमहानिर्देशक रामकुमार महतो, नरेन्द्र रानामगर लगायत छन् ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्