Shikhar Insurance
National Life

ठूला १० बैंकको अडिट गर्न भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस छानियो

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १९:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । १० ठूला वाणिज्य बैंकको अडिट गर्न भारतीय कम्पनी छनोट भएको छ । राष्ट्र बैंकले भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस एलपीपी भारत छनोट भएको हो ।

राष्ट्र बैंकले बिहिबार एक सूचना जारी गर्दै भारतीय कम्पनी छनोट गरेको हो । अन्तराष्ट्रिय मुद्रा कोष(आइएमएफ)को सर्त अनुसार नेपाल राष्ट्र बैंकले १० वटा ठूला बाणिज्य बैंकहरुको लेखा परिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउने प्रक्रिया अघि बढाएको थियो । राष्ट्र बैंकले १० वाणिज्य बैंकको लेखापरिक्षण अन्तराष्ट्रिय फर्महरुबाट गराउन अडिट फर्म नियुक्तिका लागि अन्तराष्ट्रिय बोलपत्र जारी गरेको थियो । सो बोलपत्रमा ५ कम्पनीले सहभागिता जनाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

जसमा नेदरल्याण्डको डेलोइट फाइनान्सियल एडभाइजरी, जेभी सीएससी एण्ड को, जेभी एसबरबीए एण्ड बीके अग्रवाल भारतको केपीएमजी असुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेस र पाकिस्तानको केपीएमजी तासेर हादी एण्ड को ले आवेदन दिएका थिए । यी मध्ये भारतीय कम्पनीले अडिटको जिम्मा पाएको हो ।

सो अडिट फर्मले तोकिएका १० वाणिज्यहरुको क्रेडिट फ्रेमवर्क र क्रेडिट पोलिसी गाइडलाई आधार मानेर काम गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले २० वाणिज्य बैंक मध्ये १० ठूला बैंकको अडिट गराउन खोजेको हो । जसमा ठूलो आकारको व्यवसाय गर्ने १० बैंकको लेखापरिक्षण गराउन लागिएको हो । अन्तराष्ट्रिय अडिट फर्महरुको लेखा परिक्षणमा पर्ने बैंकहरुमा क्रमश: नबिल बैंक, एनआइसी एसिया बैंक, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, हिमालयन बैंक छन् ।

त्यस्तै, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, एनएमबि बैंक र राष्ट्रिय वाणिज्य बैंकको विदेशी अडिट फर्मले लेखापरिक्षण गर्नेछ । अडिटको सम्पुर्ण खर्च राष्ट्र बैंकले बेहोर्नेछ । जसका लागि ५ करोड रुपैयाँ खर्च हुने अनुमान राष्ट्र बैंकको छ । यो फर्मले नेपाली फर्मसँग सहकार्य समेत गर्न सक्नेछ ।

अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग विस्तारित कर्जा सुविधा (इसीएफ) लिएको थियो । सो कर्जा लिदाँ अर्थ मन्त्रालयले आइएमएफसँग विभिन्न सर्तहरुमा सम्झौता गरेको थियो । सो सर्त मध्ये एक सर्तको रुपमा ठूला १० वटा वाणिज्य बैंकहरुको अडिट अन्तराष्ट्रिय स्वतन्त्र अडिटरहरुबाट गराउने समेत उल्लेख छ ।

सो सर्त अनुसार नै राष्ट्र बैंकले १० वटा बाणिज्य बैंकहरुको अडिट गराउन लागेको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्