Shikhar Insurance
National Life

प्राधिकरणले विद्युत महशुल बढाएर हैन घटाएर नाफा कमाएको हो : कुलमान घिसिङ

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १७:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले विद्युत महशुल बढाएर नभइ घटाएर नाफा कमाएकाे बताएका छन् ।

बिहिबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बाल्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । उनले नेपालमा लोडसेडिङ हुँदा खुशी हुने जमात धेरै रहेको बताउँदै प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुशी हुने जमात पछिल्लो समय बिरोध गर्दै गलत सूचना फैलाइरहेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले केही जिम्मेवार पदाधिकारीले प्राधिकरणको हिसावकितावप्रति आशंका व्यक्त गरेको बताए । उनले महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाव पारदर्शी रहेको भन्दै गलत हुन नसक्ने बताए । उनले प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे । उनले प्राधिकरणले अहिलेसम्म गरेको नाफा पारदर्शी रहेको भन्दै कुनै मिथ्या तथ्यांकका आधारमा नभएको दाबी गरे ।

उनले आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण २५ प्रतिशत विद्युत महशुल घटाएर ४७ अर्ब नाफामा पुग्नु सुखद् भएको उल्लेख गरे । उनले २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको प्राधिकरणले आम्दानीमा क्रान्ति गरेको दाबी गरे । उनले विद्युत महशुल बढाएर नभइ घटाएर नाफामा गएको पनि बताए ।

उनले सामाजिक दायित्वलाई हेरेर २२ लाख ग्राहकलाई प्राधिकरणले छुट दिएको तर अर्थ मन्त्रालयले त्यसको सोधभर्ना समेत नगरेको बताए । उनले यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेको भन्दै नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको बताए ।

उनले भने, ‘विद्युत प्राधिकरणको फाइनान्सियल स्वस्थ र स्टेटमेण्टहरु फेक हो । नेपाल विद्युत प्राधिकरण सरकारको एउटा ठूलो संस्था हो । नेपाल विद्युत प्राधिकरण नाफामा जानु कसैलाई दु:ख लाग्छ । प्राधिकरणको आगामी दिन राम्रो छ । पछिल्लो ८ वर्षमा २५ प्रतिशत विद्युत महशुल घटाएका छौं । २५ अर्बको विद्युत महशुल घटाएर पनि प्रत्येक वर्ष १३ अर्ब नाफामा जानु भनेको सानो विषय होइन । विद्युत महशुल बढाएर होइन घटाएर नाफामा गएका छौं । यो वर्ष २५ अर्बको विद्युत निर्यात गर्ने अवस्थामा पुगेका छौं । नेपालले विद्युत आयात भन्दा विद्युत निर्यात बढी गरेको छ ।’

उनले डेडिकेटड र ट्रक लाइनको विद्युत वक्यौता सरकारका सम्पूर्ण निकायहरुले उठाउन सहयोग गर्नुपर्ने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्