Shikhar Insurance
National Life

प्रभु बैंकका ग्राहकलाई बुद्ध एयरमा विशेष छुट

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १६:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकका ग्राहकहरुलाई बुद्ध एयरको सेवामा विशेष छुट दिने सम्झौता भएको छ ।

बिहिबार एक समारोहका बिच सम्झौता बैंकका तर्फबाट चिफ म्यानेजर मन्जय राज पाण्डे र बजार व्यवस्थापक दिना चित्रकार तथा बुद्ध एयरको तर्फबाट डाइरेक्टर रुपेश जोशी र सिनियर म्यानेजर उद्वव लाल कायस्थले हस्ताक्षर गरेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्झौता अनुसार बैंकका ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा बुद्ध एयरको उपलब्ध सेवामा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बुद्ध एयरले आफ्ना टिकट बिक्री काउन्टरबाट टिकट खरिद गर्दा उक्त छुटको व्यवस्था गरेको छ ।

मिति २०५३ साल बैशाख ११ गते स्विकृति प्राप्त गरी २०५४ असोज २५ गते बाट उडान सुरु गरेको बुद्ध एयरले हाल आएर आन्तरिक उडानको साथ साथै भारतको बनारस सम्म पनि आफ्नो सेवा विस्तार गरेको छ ।

बैंकको नेपालभर ३१५ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्