Shikhar Insurance
National Life

चितवनको धानबालीमा रोगको समस्या, सेरामिन जिङ्क प्रयोग गर्न सुझाव

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३१, बिहीबार १३:०४
Hyundai
NCELL
NIMB

चितवन । पूर्वी चितवनको रत्ननगर, खैरहनी एवं भरतपुर महानगरपालिकामा लगाइएको धानखेतीमा समस्या देखिएको छ

रत्ननगर र खैरहनीमा लगाइएको धानमा खाद्यतत्व (जिङ्क)को कमीका कारण धानखेतीमा समस्या देखिएको कृषि कार्यालय चितवनका अधिकृत स्वस्तिका चौहानले बताएकी हुन् । यसका कारण गाँज होचो हुने, बोट मर्ने र रोपेको ठाउँ बाँझो हुने समस्या देखिएको उनले जानकारी दिइन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसलाई रोक्नका लागि सेरामिन जिङ्क भन्ने खाद्यतत्व प्रयोग गर्न उनले कृषकलाई सुझाव दिइन् । यो स्प्रे गर्दा प्रतिलिटर पानीमा एक ग्राम प्रयोग गरेर गर्न सकिने अधिकृत चौहानले बताए । उनले सो क्षेत्रको धानमा एमोनियम सल्फेक्टको प्रयोग बढी भएको देखिएको जनाइन् । पूर्वी चितवनमा गरिएको अवलोकनका क्रममा तीन प्रतिशत धानमा फल्फर टक्सीसिटी देखा परेको उनले बताइन् । यस समस्या वर्षात्सँगै समाधान हुँदै जाने उनले बताइन् ।

धानबालीमा भन्दा पनि अन्य बालिमा यसको प्रयोग गरेको र सो को असर अहिले देखिएको अधिकृत चौहानले बताइन् । उनले भने, ‘एमोनियम सल्फेक्टको प्रयोग कम गर्ने गर्दा आत्तिनुपर्ने अवस्था छैन ।’ भरतपुर महानगरपालिका क्षेत्रमा लगाइएको धानमा पोटासको खाद्यतत्वको कमी र गवारो देखिएको छ । उनले भनिन्,’पोटासको कमीका कारण जरा राम्रोसँग विकास नहुने, पात डढ्नेलगायतका समस्या देखापर्ने गरेको छ ।’

धान रोपेको एक महिनामा नै समस्या देखिन थालेपछि उत्पादनमा कमी आउने आकलन कार्यालयले गरेको छ । अहिले समस्या देखिएका उन्नत जातका बीउ (हाइब्रिड) लगाइएको स्थानमा भएको चौहानले जानकारी दिइन् । जिल्लामा खेतीयोग्य जमिन ४६ हजार ४९४ हेक्टर क्षेत्रफल रहेको र २४ हजार २४७ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । यसमध्ये अहिले शतप्रतिशत रोपाइँ सकिएको उनले जानकारी दिइन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्