काठमाडौं । बिहिबार सेयर बजार ३००० माथि उक्लिएको छ। कारोबार खुलेको १८ मिनेटमै ६२.०६ अंकले बढेर बजार परिसूचक नेप्से ३०१९.८४ को विन्दुमा उक्लिएको हो।
आज बजार खुलेदेखि बढिरहेको छ। कारोबार पनि उत्साहजनक देखिएको छ। यो समाचार तयार पार्दासम्म पौने ३ अर्ब रुपैयाँ बढीको कारोबार भइसकेको छ।
प्रतिक्रिया दिनुहोस्