Shikhar Insurance
National Life

कुमारी बैंक र नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकबीच विशेष छुट सम्झौता

सिंहदरबार संवाददाता
२०८१ श्रावण ३०, बुधबार १६:५६
Hyundai
NCELL
NIMB

काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रालिबीच विशेष छुट सम्झौता भएको छ ।

बैंकका ग्राहकहरुले सो नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर–काठमाडौं र कौशलटार–भक्तपुरस्थित सेवाकेन्द्रबाट सेवा लिए बापत १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने गरी सम्झौता भएको हो । यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने बैंकले प्रतिबद्धता जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्