Shikhar Insurance
National Life

जसपाको महन्थ पक्ष सरकारमा जाने, कोको बन्दैछन् मन्त्री ?

सिंहदरबार संवाददाता
२०७८ जेष्ठ २१, शुक्रबार १७:३८
Hyundai
NCELL
NIMB

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । जसपा संसदीय दलका नेता राजेन्द्र महत्तोको नेतृत्वमा सरकारमा जाने भएको हो ।

केपी ओली सरकारमा महत्तो उपप्रधानमन्त्री बन्ने भएका छन् । उनलाई सहरी विकास मन्त्रालय दिइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ओली सरकारमा जसपाका सरदसिंह भण्डारी, अनिल झा, लक्ष्मणलाल कर्ण, विमल श्रीवास्तव, उमाशंकर अगरिया, चन्दा चौधरी र एकवाल मिया मन्त्री बन्ने भएका छन् ।

नेकपा माओवादीका पूर्व नेतालाई दिइएको मन्त्रालय खाली भएपछि उनीहरूलाई पठाइएको छ ।

राजेन्द्र महतो : उपप्रधान तथा सहरी विकास
सरदसिंह भण्डारी : ऊर्जा, जलस्रोत तथा सिंचाई
अनिल झा : खानेपानी
लक्ष्मणलाल कर्ण : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय
विमल श्रीवास्तव : श्रम, रोजगार तथा सामाजिक सुरक्षा
उमाशंकर अरगरिया : युवा तथा खेलकुद
चन्दा चौधरी : महिला, बालबालिका तथा जेष्ठ नागरिक
एकबाल मिया : वन तथा वातावरण

जसपाका चन्द्रकान्त चौधरी ऊर्जा राज्य र रेनुका गुरुङ महिला बालबालिका राज्यमन्त्री हुने बताइएको छ ।

मन्त्रीहरूले आज साँझ ६ बजे सपथ लिने कार्यक्रम छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्