काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थाको सञ्चालक समितिमा हिमलाल पौडेललाई नियुक्त गरेको छ । संस्थाले साउन २९ गतेदेखि लागु हुने गरी पौडेललाई सञ्चालक समितिमा नियुक्त गरेको हो ।
यसभन्दा अघि संस्थाको सञ्चालक समितिमा संस्थापक सेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट दीर्घ बहादुर अर्यालले प्रतिनिधित्व गर्दै आएका थिए ।
प्रतिक्रिया दिनुहोस्