काठमाडौं । साताको चौथो कारोबार दिन सुनको मूल्य घटेको छ । अघिल्लो दिन २१ सय रुपैयाँले बढेर नयाँ रेकर्ड राखेको सुनको मूल्य आज ३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुन अघिल्लो दिन १ लाख ५० हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै, आज चाँदी प्रतितोला १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी अघिल्लो दिन चाँदी १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्