काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोईरालाले नेपालमा पनि बंगलादेशको अवस्था आउनसक्ने भन्दै सचेत रहन आग्रह गरेका छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् ।
उनले बंगलादेशमा ११ प्रतिशतको आर्थिक वृद्धि भइरहेको अवस्थामा पनि सो दुर्घटना आइपरेको भन्दै नेपालमा सोही अवस्था आउनसक्नेतर्फ सचेत गराए । उनले दुई तिहाईको सरकार भएको देशमा समेत प्रधानमन्त्री देश बाहिर भाग्नुपरेकोबारे अवगत गराए । उनले सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने भन्नेबारेमा सोच्नुपर्ने जरुरी रहेको बताए । उनले नेपालमा आर्थिक अवस्था जर्जर रहेको बताए ।
उनले भने, ‘सरकारले २४ वर्षपछिका युवाहरुलाई कसरी समेटेर राख्ने, कसरी रोजगारीका अवसर सिर्जना गर्ने ? सरकारले खर्च गरिरहेको छ तर ठिक ठाउँमा गइरहेको छैन । ठिक ठाउँमा पुर्याउन दबाब दिनुहोला । हाम्रो छिमेकी मुलुक बंगलादेश जहाँ दुई तिहाईको सरकार थियो । जहाँको ग्रोथ ११ प्रतिशतले बढिरहेको थियो, अचानक घटना भयो । प्रधानमन्त्रीले देश नै छोडेर हिँड्नुपर्ने स्थिति आयो । यो सामान्य घटना होइन । ऋण लिएर हामी चालु खर्च चलाइरहेका छौँ । तर बंगलादेशको त्यो होइन । बंगलादेशको त ११ प्रतिशतले आर्थिक वृद्धि भइरहेको थियो, दुई तिहाईको सरकार थियो । त्यस्तो देशमा त यो अवस्था आयो भने नेपालमा कुनैपनि बेला केही हुनसक्छ । किनभने सामाजिक सञ्जाल अहिल् एकदम एग्रेसिपली विश्वमा आइरहेको छ, त्यसले धेरै विसंगति पनि निम्त्याइरहेको छ ।’
नेता कोईरालाले सामाजिक सञ्जालमा आफ्ना विचार राख्दा गम्भीर हुन आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस्