Shikhar Insurance
National Life

विद्युत महशुलसम्बन्धि विवाद समाधानका लागि संसदीय छानविन समिति बनाऔं : सांसद शाही

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार १५:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा(माओवादी केन्द्र)का सांसद महेन्द्रबहादुर शाहीले डेडिकेटेड र ट्रक लाईनको वक्यौता रकम असुलीबारे छानविन गर्न संसदीय छानविन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सो विषय राष्ट्रिय बहसको विषय भएकाले यसको छानविनका लागि संसदीय समिति नै गठन गर्नुपर्ने उनको प्रस्ताव थियो । सांसद शाहीले कोभिडको बेलामा घाटामा गएका उद्योगहरुलाई विशेष छुट दिनुपर्ने कारण भएपनि अन्य अवस्थामा छुट दिनेकुरा मान्य नहुने पनि बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सांसद शाहीले भने,’विद्युत महशुल तिर्ने कि नतिर्ने भन्ने विषयमा पनि संसदमा उठेको छ । यसमा धेरै बहसको जरुरी नै छैन । यसको निराकरण, हल के हो ? यसको खोजी गरौं । जस्तो कि अहिले उद्योगीहरुले बिद्युत महशुल तिरेनन् । नतिर्नुको पछाडिको कारण के हो रु ल मानौं कोभिडको बेला अन्य देशहरुले पनि त्यस्तो निर्णय गरे । उद्योगहरु घाटामा गए, घाटामा गएपछि बन्द भए उद्योगहरु । चलेनन् । यस्तो अवस्थामा घाटालाई पूर्ति गर्नका लागि विशेष छुटको व्यवस्था गर्ने चलन अन्तर्राष्ट्रिय रुपमा पनि छ ।’

उनले भने, ‘कसैको अपराधलाई कुनै पनि राजनीतिक दलले लुकाउनु हुँदैन । आफ्नै पार्टीको नेता किन नहोस् । यदि उसले अपराध गरेको छ, अपराधिक क्रियाकलाप गरेको छ भने कानूनी दायरामा ल्याउनैपर्छ । त्यसलाई जोगाउन लाग्ने होइन । सरकारमाथि प्रश्न खडा भएको छ–सुशासनको मामिलामा के गर्छ ? अघिल्लो सरकारले गरेको कामलाई निरन्तरता दिन्छ कि दिँदैन ? अहिले खोलिएको फाईलहरुमा के गर्छ भन्ने कुराको प्रश्न जनताले उठाएका छन् । यसको गतिलो जवाफ अहिलेको सरकारले दिन सकेन भने सरकारप्रतिनै अविश्वास पैदा हुनेछ । यसको लागि विशेष ध्यान देओस् ।’

सांसद शाहीले सरकारले सुशासनको मामिलामा के गर्छ ? भनि प्रश्न समेत गरे । पुष्पकमल दाहाल नेतृत्वको सरकारले सुशासनको पक्षमा काम गरेको जिकिर गर्दै वर्तमान सरकारले त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्