काठमाडौं । लगातार कारोबार रकमले किर्तिमान रेर्कड कायम गर्दै आएको सेयर बजार आज भने घटेको छ । साताको तेस्रो कारोबार दिन सेयरबजार ८.१८ अंकले घटेर २९२३.४६ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।
मंगलबार ३३२ कम्पनीको कारोबार हुँदा ५२ करोड ७६ हजार ८ सय ३२ कम्पनीको सेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार बढीको कारोबार भएको छ ।
मंगलबार नेपाल फाइनान्सको सबैभन्दा धेरै कारेबार भएको छ । कम्पनीको ८१ करोड ९९ लाख ४० हजार ८ सय २२ रुपैयाँ संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता २ हजार १ सय ७८ रुपैयाँ पुगेको छ ।
मंगलबार ८० कम्पनीको सेयर मूल्य बढ्दा १५७ कम्पनीको सेयर मूल्य घटेको छ भने ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ भने नेपाल पफाइनान्सको ९.९३ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया दिनुहोस्