काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक ८.१८ अंकले घटेर २९२३.४६ मा पुगेको हो ।
मंगलबार ३३२ कम्पनीको ५ करोड २७ लाख ६४ हजार ८ सय ३२ कित्ता सेयर किनबेच हुँदा २१ अर्ब ५१ करोड ५० लाख १० हजार ६ सय ३३ रुपैयाँ कारोबार भएको छ ।
आज ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, आज मिड सोलु हाइड्रोपावर, विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट, शुभम पावर, प्रोग्रेसिभ फाइनान्स, गोर्खाज फाइनान्स सहित १२१ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्