काठमाडौं । अर्थ मन्त्रालयको २ सहसचिवले महाशाखा रोजेका छन् । सहसचिवहरु धनिराम शर्मा र श्रीकृष्ण नेपालले महाशाखा रोजेका हुन् । सहसचिव शर्माले अन्तराष्ट्रिय आर्थिक सहायता समन्वयन महाशाखा रोजेका हुन् ।
यो महाशाखामा रहेका श्रीकृष्ण नेपाल भने बजेट महाशाखा रोजेका छन् । दुबै सहसचिवले आफ्नो कार्यभार सम्हालिसकेका छन् । मन्त्रालयमा अर्थमन्त्री विष्णु प्रसाद पौडेल आएपछि यी दुई सहसचिवबिच चर्को प्रतिष्पर्धा चलेको थियो । मन्त्री पौडेलसँग निकट सम्बन्ध राख्ने शर्माले आफूलाई जसरी पनि वैदेशिक महाशाखा चाहिने माग गरेका थिए ।
उता नेपाल भने शर्मालाई आन्तरिक राजस्व विभागको महानिर्देशक बनाएर आफू सोहि शाखामा रहन चाहान्थे । तर शर्माले आफू २ वर्ष ठूला करदाता कार्यालय प्रमुख बनिसकेको बताउदै कुनै महानिर्देशक नबन्ने बताएपछि नेपाल अप्ठ्यारोमा परेका थिए । केहि समयमै सेवा निवृत्त हुन लागेका नेपालले आफू वैदेशिक महाशाखा छाड्नु परे महत्वपुर्ण जिम्मेवारी पाउनु पर्ने माग गरेका थिए ।
स्रोतका अनुसार सहसचिव नेपालले आफ्नो सेवानिवृत्तपछिको समय संयुक्त राज्य अमेरिकामा बिताउने योजना बनाएका छन् । उनले आफ्ना परिवार भने अमेरिकामै सेटल गरिसकेका छन् । मन्त्रालयमा अन्य मन्त्रालयबाट पनि सहसचिवहरु भित्रिने र केहि सहसचिवहरु बाहिरिने चर्चाकाबिच २ सहसचिवहरुले आफ्नो हिस्सा सुरक्षित गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्