Shikhar Insurance
National Life

दमौली अस्पताललाई १ करोड बराबरका उपकरण हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८१ श्रावण २९, मंगलवार १३:३३
Hyundai
NCELL
NIMB

तनहुँ । स्वास्थ्य सेवा विभागले सदरमुकामस्थित दमौली अस्पताललाई १ करोड मूल्य बराबरका चारवटा प्रयोगशालायन्त्र प्रदान गरेको छ । विभागले हेमाटोलोजी एनालाइजर,अटोमेटेड युरिन एनालाइजर, फुल्ली अटोमेटिक इलेक्टोल्याट एनालाइजर र फुल्ली अटोमेटेड बाइक्यामेस्ट्री एनालाइजर प्रदान गरेको हो ।

पूर्वमन्त्री शङ्कर भण्डारीले अस्पताल विकास समितिका अध्यक्ष शान्तिरमण वाग्लेलाई ती उपकरण हस्तान्तरण गरे । नयाँ उपकरण जडान भएसँगै अब दुई घण्टामा बिरामीले ‘ल्याब रिपोर्ट’ पाउने छन् । यसअघि त्यस्ता विवरण प्राप्त गर्न पाँच घण्टाभन्दा बढी समय लाग्दैआएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उपकण हस्तान्तरण गर्न आयोजित कार्यक्रममा राष्ट्रियसभा सदस्य पदम परियार,प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी प्रमुख वीरेन्द्रबहादुर शाही, तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष वैकुण्ठ मिश्र लगायत सहभागी रहेका थिए ।

यसैबीच, प्रतिनिधिसभा सदस्यसमेत रहनु भएका भण्डारीले अस्पतालको स्तरोन्नतिका निम्ति सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्