काठमाडौं । ‘नाडा अटो शो’ को मुख्य प्रायोजक सिप्रदी ट्रेडिङ प्राली बनेको छ । सिप्रदीले ‘नाडा अटो शो’ सबैभन्दा धेरै रकमको सम्झौता गरेको हो । भदौ ११ देखि संचालन हुने शोको अहिले तिब्र तयारी भैरहेको छ ।
आयोजक नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालको अनुसार टाइटल स्पोन्सर सिप्रदी ट्रेडिङ प्रालीले गर्ने भएको छ । प्रालीले शोका लागि १५ देखी २० लाख खर्च गर्ने बताइएको छ । एशोसिएसनका उपाअध्यक्ष समेत रहेका सिप्रदीका कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठले शोमा मुख्य प्रायोजक बन्न सम्झौता गरेका हुन् ।
भदौ ११ देखी १६ गतेसम्म संचालन हुने शोमा व्यावसायीहरु निकै उत्साहि देखिएका छन् । लामो समयदेखी मन्दी छाएको अटोमोबाइल क्षेत्रमा बहार आउने व्यवसायीहरुको आशा छ । यो पटकको शोमा चार पाङग्रे तथा २ पाँग्रे सवारीमा विद्युतियले नै चर्चा पाउने बताइएको छ । सबै कम्पनीहरुले नयाँ-नयाँ उत्पादनहरु सार्वजनिक गर्ने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्